बिहीबार, वैशाख १३, २०८१

सोमबार नेप्से ४० अंकले बढ्दा पाँच अर्ब ६९ करोडको सेयर कारोबार

नेपालखोज २०७७ फागुन १७ गते १५:३९

काठमाडौं । सोमबार नेप्से उच्च अंकले बढेको छ । अघिल्लो ७९ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज भने ४० दशमलव ६४ अंकले बढेर २५ सय १५ दशमलव तीन अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४७ अंकले बढेर चार सय ५३ दशमलव ७५ अंकमा पुुगेको छ । नेप्सेमा आज दुई सय नौ वटा कम्पनीहरुको ७० हजार तीन सय ३९ पटकको कारोवारमा एक करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दशमलव ८२ अंकले बढेर १८ सय १९ दशमलव सात अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ३० दशमलव ७९ अंकले बढेर १९ सय ७० दशमलव ६६ अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८३ दशमलव ८३ अंकले बढेर १२ हजार नौ सय ५८ दशमलव एक अंकमा चढेकोमा बिकास बैंक, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल र पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९० प्रतिशतले बढेर चार सय ५५ रुपैयाँमा कारोवार हुंदा सिटिजन्स म्यचुुअल फण्ड २ को प्रतियुनिट सेयर मुल्य एक दशमलव ८४ प्रतिशतले घटेर १० रुपैयाँ ६५ पैसामा कारोवार भएको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय २९ रुपैयाँ अन्तिम मुल्यमा ४४ करोड ४८ लाख ५२ हजार छ सय ४७ रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया