बिहीबार, चैत १५, २०८०

२४ घण्टामा ७३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

नेपालखोज २०७७ फागुन १७ गते १६:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।

प्रतिक्रिया