बिहीबार, चैत १५, २०८०

मुम्बई अदालतद्वारा कंगनाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखोज २०७७ फागुन १७ गते १७:०२

ऐजन्सी । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च १ तारिखम अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई अदालतमा हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका थिए । निवेदकहरूले दिएको निवेदन प्रक्रियाअनुसारको नभएको भन्दै कंगनाको वकिलले अदालतमा रिट हालेका छन् ।

उता जावे अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन् । उच्च अदालतले आदेश दिएपछि कंगना अदालतमा हाजिर हुनुपर्ने उनको तर्क छ ।

के हो घटना ?

आफूविरुद्ध गलत प्रचारबाजी गरेको र त्यसले आफ्नो इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कंगनाविरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।

रिट निवेदनमा भनिएको छ, ‘कंगनाले गतवर्ष जुनमा अभिनेता शुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा भएका ‘कोटरी’ भन्दै मविरुद्ध अपमानजनक टिप्पणी गरेकी थिइन् । त्यस्ता मनगणन्ते कुराले मेरो प्रतिष्ठालाई नोक्सान पुर्र्याएको छ ।’ अब मुद्दाको सुनुवाइ २६ मार्चमा हुनेछ ।

प्रतिक्रिया