बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ

नेपालखोज २०७७ फागुन १७ गते १९:४९

पोखरा । प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा पोखरामा नेविसंघका ५ कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री ओली नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका थिए ।

सो क्रममा उनलाई नेविसंघमा आबद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए । कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, असीम सुवेदी, सन्देश ठकुरी, रमेशचन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना विद्यार्थी नेता पक्राउ गरेकोमा विरोध जनाएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रहरी नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया