बिहीबार, वैशाख १३, २०८१

मेयर कपका लागि काठमाडौंको टिम घोषणा

नेपालखोज २०७७ फागुन १७ गते २१:३९

काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार काठमाडौं महानगरपालिकाले आफ्नो टिम घोषणा गरेको छ । महानगरपालिकाले बागमती प्रदेशबाहेकका बाँकी छ वटा प्रदेशबाट खेलाडी छनोट गरेको हो । ‘काठमाडौं मेयर-११’ नाम दिएको टिममा १५ खेलाडी समावेश गरिएको छ ।

जसमा सिद्धान्त लोहनी, हरिशङ्‍कर शाह, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्णा कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनरा, विपिन रावल, रविन्द्रजंग शाही, खडगबहादुर बोहरा र नारायण जोशी छन् ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ ।

प्रतियोगितामा काठमाडौं महानगरपालिकासहित त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस र बागमती प्रदेश गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं महानगरपालिकाबाहेक अन्य टिम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने टिम हुन् ।

प्रतिक्रिया