बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री ओली पुनः भोलि झापा जाने

नेपालखोज २०७७ फागुन १७ गते २२:३७

कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः भोलि झापा जाने भएका छन् । दुर्गा प्रसाईंको अस्पताल बीएण्डसीको क्यान्सर युनिट उद्घाटन गर्न उनि झापा जान लागेका हुन् । हिजो गृह जिल्ला झापाका विभिन्न स्थानमा पुगेर ३१ वटा पुलको शिलान्यास, ४ वटाको उद्घाटन र एउटा बिजनेश पार्कको शिलान्यास गरेका थिए ।
आज मात्रै पोखरा पुगेर दिनभरि केही भवनको शिलान्यास तथा रंगशालाको अवलोकन गरी साँझ राजधानी फर्किएका थिए ।

प्रसाईंले झापामा बनाएको भनिएको संसारकै ठूलो क्यान्सर अस्पतालको उद्घाटनको लागि प्रधानमन्त्री त्यता जान लागेको बताइएको छ । प्रधानमन्त्रीले भोलि उद्घाटन गर्ने त्यहि अस्पताल हो जसलाई गत बुधबार बसेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकबाट उनि स्वयम् र शिक्षामन्त्रीको ठाडो निर्देशनमा नियम विपरित सम्बन्धन दिने प्रक्रिया अघि बढाइएको छ ।

सिनेटको बैठकमा छलफल नै नगरी,एजेण्डा नै नराखी एकाएक माइन्युटमा निर्णय लेखिएकोमा सिनेटका अन्य पाँच जना सदस्यले असहमति जनाइसकेका छन् । त्यहि प्रक्रियालाई सहज बनाउन ओली क्याबिनेटले हालै मात्र लामो समयदेखि रोकिएको सम्बन्धनको अनुमतिलाई खुल्ला गरेको थियो ।

प्रतिक्रिया