शुक्रबार, वैशाख १४, २०८१

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आजपनि दुई खेलहरु हुँदै

नेपालखोज २०७७ फागुन १८ गते १०:४६

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच खेल हुनेछ ।

मध्यपुर र श्री कुमारीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । मध्यपुर श्री कुमारीविरुद्ध जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । मध्यपुर ७ खेलमा ४ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

श्री कुमारी ७ खेलमा ७ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । लिग अन्तर्गत नै अर्को खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ । बाँसबारी र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

बाँसबारी पुल्चोकलाई हराएर शीर्ष टोलिसँगको अङ्क दुरी घटाउन चाहन्छ । बाँसबारी ७ खेलमा १५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । पुल्चोक पुछारमा रहेको छ । पुल्चोकले २ अङ्क जोडेको छ ।

प्रतिक्रिया