मंगलबार, जेठ ८, २०८१

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रण बाहिर, ३५ घर पूर्णरुपमा जलेर नष्ट

नेपालखोज २०७७ फागुन १८ गते १२:०८

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा मंगलबार बिहान आगलागी हुँदा ३५ घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बिहान करिब ९ बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।

आगो नियन्त्रण बाहिर गएको र केही घर भत्काएर अग्निरेखा कोर्ने काम भइरहेको कार्कीले बताए ।
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

आगोले पुर्‍याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

प्रतिक्रिया