बिहीबार, वैशाख ६, २०८१

झुटा मुद्दा फिर्ता भए मात्रै सरकारमा जान्छौँ : जसपा नेता महतो

नेपालखोज २०७७ फागुन १८ गते १५:०१

कञ्चनपुर । जनता समाज पार्टी (जसपा) का नेता राजेन्द्र महतोले झुटा मुद्दामा जेल चलान भएका आफ्ना साथीहरू (नेताहरू) को मुद्दा फिर्ता हुनुपर्ने बताएका छन् ।

मङ्गलवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले थारुहट आन्दोलनका क्रममा षड्यन्त्रपूर्वक घटाइएको घटनामा सांसद रेशम चौधरी र लक्ष्मण चौधरीलाई झुटा मुद्दा लगाइएको भन्दै उनीहरूको मुद्दा फिर्ता नभएसम्म सरकारमा नजाने बताए ।

नेता महतोले संविधानमा संशोधन र रेशम चौधरी तथा लक्ष्मण चौधरीको मुद्दा फिर्ताको माग सम्बोधन गर्नेलाई नै जसपाले सहयोग गर्ने बताउँदै आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने उनको भनाइ छ ।

उनले मुद्दाहरूको सम्बोधनका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारीमा पार्टी लागेको चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया