शुक्रबार, चैत १६, २०८०

ताप्लेजुङको दोभान बजारमा लागेको आगोका कारण ४९ घर जलेर नष्ट

नेपालखोज २०७७ फागुन १८ गते १६:०३

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’

दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको खड्काले बताइन् । जलेका घरमा रहेको आगो निभाउने काम भइरहेको र थप जोखिम नरहेको उनको भनाइ छ । बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएका कारण त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको खड्काले बताइन् ।

आगलागीबाट भएको क्षति विवरण अइनसकेको उनले बताइन् । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने अधिकारीको भनाइ छ । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भएपनि यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

प्रतिक्रिया