शुक्रबार, वैशाख ७, २०८१

राजादेखि विप्लवसम्म सबैको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न राजपाको प्रस्ताव

नेपालखोज २०७७ फागुन १८ गते १६:२१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म सबैको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको लागि समिति गठन गरेसँगै अध्यक्ष थापाले मंगलबार सामाजिक संजाल ट्वीटरबाट यस्तो प्रस्ताव गरेका हुन्। उनले विप्लव समुहसँग वार्ता हुनु सकारात्मक भएको बताएका छन्।

उनले कसैलार्य निषेध नगरी देश र जनताको पक्षमा काम गर्ने भए सिबैलाई समेटेर सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका हुन्। उनले लेखेका छन्, ‘नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो। यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ ।’

प्रतिक्रिया