शनिबार, वैशाख १५, २०८१

सेनाको पृतनापति बैठक भोलीदेखि सुरु हुने

नेपालखोज २०७७ फागुन १८ गते १७:३२

काठमाडौं । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ भोली (फागुन १९) देखि सुरु हुने भएको छ।

फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्व सन्ध्यामा विगत वर्ष सरह जंगी अड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन हुन लागेको सेनाले जनाएको छ।

सो सम्मेलनमा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन प्रस्तुत हुनेछ।

त्यस्तै, जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया