जनकपुर साहित्य महोत्सव भोलीदेखि सुरु हुँदै
जनकपुर । जनकपुरमा भोली (बुधबार) देखि साहित्य महोत्सव सुरु हुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पक्षले सो कुराको जानकारी दिएको हो ।
महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहने आयोजक पक्षको भनाई छ । साहित्य महोत्सवमा राजनीति, साहित्य, व्यापार कला संस्कृतितर्फ बहस हुने पत्रकार सम्मेलन जानकारी दिइयो ।
जानकी मन्दिरको प्राङ्गणमा नव मिथिला फाउण्डेशनको आयोजनमा हुने महोत्सवको तयारी पूरा भएको आयोजक समितिका भूपेन्द्र खड्काले जानकारी दिए ।
फागुन १९ देखि २२ सम्म हुने महोत्सवमा जानकी दर्शन, जाऔँ जनकपुर, प्रविधि र संस्कृति, साहित्यमा सीमाञ्चल, किताब वर्णदेखि वस्तुसम्म, कसले देला सुशासन, सिनेमाको रंग, सम्पादनको सकस, विदेशको यात्रा आशा कि लाश, अन्तवार्ताकारहरुको अन्तवार्ता, आ-आफनै कथा, समसमायिक राजनीतिमा गन्थन, मैथिली मिठास, मुखियाको मर्म, वैदेहीहरु, मेरो नगरको कथा लगायतको विषयमा चर्चा गरिने आयोजक पक्षले जानकारी दिएको छ । समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम हुने जनाइएको छ ।
प्रतिक्रिया