बिहीबार, वैशाख १३, २०८१

इलाम कारागारको व्यवस्थापनमा चुनौती

नेपालखोज २०७७ फागुन १९ गते ८:५२

इलाम । नेपाल प्रहरीलाई फरार व्यक्ति पक्राउ अभियानमा सफलता मिले पनि इलाम कारागारको व्यवस्थापनमा चुनौती थपिएको छ । अपराध गरेकालाई कानूनी दायरामा ल्याउन कारागार लैजानु पर्ने हुन्छ ।

यद्यपि कैदीबन्दीहरू थपिँदा कारागारको व्यवस्थापनमा समस्या आउन थालेको इलाम कारागारका जेलर प्रदीप श्रेष्ठले बताए । एक सय २० जना क्षमता रहेको इलाम कारागारमा अहिले २२ महिला र २३१ पुरुष कैदीबन्दी रहेका छन् ।  क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, शौचालयदेखि लिएर हरेक कुराको समस्या हुने गरेको जेलर श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया