रोनाल्डोको गोलमा युभेन्ट्सको शानदार जित

नेपालखोज २०७७ फागुन १९ गते १०:११

एजेन्सी । इटालियन सिरि ए मा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स विजयी भएको छ । सिरि ए अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ३–० को सहज जित निकाल्यो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउने क्रममा क्रिस्टियानो रोनाल्टडो, अल्भारो मोराटा र फेडेरिको किएसाले गोल गरे । युभेन्ट्सले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

६१औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा फेडेरिको किएसाले गोल गरेपछि युभेन्ट्सले अग्रता दोब्बर बनायो । ८९औं मिनेटमा बेन्टानकुरको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दैै युभेन्टसलाई जित दिलाए ।

स्पेजियाविरुद्धको गोलसँगै रोनाल्डोले नयाँ रेडर्क पनि बनाए । उनी लगातार १२औं सिजन युरोपका टप फाइभ लिगमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनी जारी सिजन सिरि एका टप स्कोरर पनि हुन् । यो रोनाल्डोको ६ सयौं लिग खेल थियो ।

प्रतिक्रिया