सहपाठीको मृत्यु भएपछि जावलाखेलमा विद्यार्थीको प्रदर्शन

नेपालखोज २०७७ फागुन १९ गते १२:३२

ललितपुर । ललितपुरको नख्खुदोबाटोमा गाडीको ठक्करबाट कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

बुधबार बिहान ६ बजेतिर स१ज ५६७ नम्बरको जीपले ठक्कर दिँदा स्नातक पहिलो वर्षमा अध्ययनरत अञ्जु दाहालको मृत्यु भएको थियो ।

जीपको ठक्करबाट सहपाठीको मृत्यु भएपछि दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै विद्याथीहरुले बुधबार जावलाखेलमा सडक अवरुद्ध पारेका छन् ।

ठक्कर दिएपछि जीपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जीप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जीप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

प्रतिक्रिया