पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७७ फागुन १९ गते १२:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार मध्याह्नबाट सुरु भएको बैठकमा केन्द्रीय कमिटीमा लैजाने विषयमा छलफल हुने छ ।

स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा दिउँसो १ बजे सुरु हुँँदैछ ।

संसद् पुनस्र्थापनापछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिकसहित यो समूहले बोलाएको छ ।

प्रतिक्रिया