मंगलबार, मंसिर २५, २०८१

प्रचण्ड-नेपाल समूहले गर्‍यो सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन

नेपालखोज २०७७ फागुन १९ गते १४:०८

काठमाडौं । प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले बताए। सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।

नेकपा प्रचण्ड–नेपाल समूहले नेम्वाङसहित सात जनाविरुद्ध कारवाही गरेको हो । नेम्वाङसँगै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरिएको छ । बैठकले सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया