आफ्ना सांसदलाई तत्काल काठमाडौं नछाड्न कांग्रेसको सर्कुलर जारी

नेपालखोज २०७७ फागुन १९ गते १५:०७

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो । शुक्रबार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई सर्कुलर जारी गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन ।

संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने भुसालले बताइन । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।

प्रतिक्रिया