शनिबार, वैशाख १५, २०८१

भारतमा सरकारको विरोध गर्ने कलाकारको घरमा छापा मारेर दुःख दिईंदै

नेपालखोज २०७७ फागुन १९ गते १५:३५


मुम्बई । मोदी सरकारको विरोध गर्ने कलाकारलाई भारतको सरकारले घरमा छापा मारेर दुःख दिन थालेको छ । हालै मोदी सरकारको विरोध गर्ने बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेपछि यो प्रष्ट भएको हो ।

यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।

विकास बहल प्रोडक्सन हाउसको संस्थापक हुन् भने अनुराग कश्यप यसका मालिक हुन् । अभिनेत्री तापसीको घरमा छापा मार्नुको राज भने खुलस्त भई नसकेको अमर उजालाले जनाएको छ ।

भारतको मुम्बई र पुणेका २२ स्थानमा आयकर विभागले कर छलीको आशंकमा छापामारी गरेको हो । छापा मारिएको कलाकारविरुद्ध ठूलो मात्रामा आयकर छलीको आरोप भारत सरकारले लगाएको छ ।

भारतको सरकारको विरोध गर्नेलाई सरकारले यसरी दुःख दिने काम नौलो होइन ।

प्रतिक्रिया