सोमबार, वैशाख ३१, २०८१

दूरसञ्चार प्राधिकरणले बिहीबार २३औं वार्षिकोत्सव मनाउँदै

नेपालखोज २०७७ फागुन १९ गते १६:०३

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि अर्थात् बिहीबार आफ्नो २३औं वार्षिकोत्सव मनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा प्रधिकरणले वार्षिकोत्सव मनाउने जनाइएकाे छ ।

प्राधिकरणले वार्षिकोत्सवका अवसरमा आफ्ना उत्कृष्ट कर्मचारी र कोभिड–१९ को संक्रमणकालीन अवधिमा योगदान पुर्‍याउने श्रेणीबिहीन कर्मचारीलाई पुरस्कार वितरण गर्ने बताइएको छ । वार्षिकोत्सव समारोह प्राधिकरणको प्राङ्गण कमलादी, काठमाडौंमा फागुन २० गते बिहीबार बिहान ११ बजेदेखि हुनेछ ।

प्रतिक्रिया