शुक्रबार, वैशाख ७, २०८१

गोंगबु हत्या प्रकरण : अभियुक्त कल्पना मुडभारीलाई आजीवन जेल सजाय

नेपालखोज २०७७ फागुन १९ गते १६:१७

काठमाडौं । कृष्णबहादुर बोहोराको गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए ।

रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटी कल्पनाले सुटकेशमा राखेर सडक छेउमा फ्याँकेकी थिइन् ।

कल्पनाले बोहोराको जिँउ सुटकेसमा राखेर नवज्योति मार्गमा फ्याँक्न लगेकी थिइन् । टाउको र खुट्टा भने केही पर भेटिएको थियो। शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन् । ‘उनी जिवीत रहुञ्जेलसम्मको लागि कैदको सजाय सुनाएको छ, ‘उनले भने।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन् । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो । गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो ।

शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन । त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो । सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया