शुक्रबार, वैशाख १४, २०८१

श्रेया घोषाल पनि आमा बन्दै छिन्

नेपालखोज २०७७ फागुन २० गते १२:३९


काठमाडौं । बलिउडकी ‘भर्सटायल’ गायिका श्रेया घोषाल चिरपरिचित नाम हो । उनले हाल एक ट्वीट् गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन्।

उनले गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘श्रेया र आदित्यको सन्तान आउने क्रममा छ। हामी यो खबर तपाईँहरुसँग साझा गर्न पाउँदा एकदमै हर्षित, उत्साहित छौँ। जीवनको नयाँ अध्यायको तयारी गरिरहेका हामीलाई तपाईँहरुको माया र आर्शिवादको खाँचो छ।’

गायिका श्रेया व्यवसायी शिलादित्य मुखोपाध्यायकी श्रीमती हुन् । हाल श्रेया ३६ वर्षकी भइन् । पहिलोपटक आमा बन्दै गरेकी श्रेयाले यो खुशी प्रशंसकहरुसँग साटेकी हुन् ।

प्रतिक्रिया