२४ घण्टामा थप १०७ जनामा कोरोना सङ्क्रमण, ७८ जना डिस्चार्ज
नेपालखोज
२०७७ फागुन २० गते १७:०६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गर्दा एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ ।
हाल देशभर सात सय ९५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमित निको भइ डिस्चार्ज भएका छन् ।
आज ७८ जना डिस्चार्ज भएसँगै सङ्क्रमण मुक्त हुनेको कुल सङ्ख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ । हालसम्म सङ्क्रमितमध्ये तीन हजार १० जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छन् ।
सम्बन्धित
प्रतिक्रिया