शुक्रबार, चैत १६, २०८०

विप्लव समूहका नेता-कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी

नेपालखोज २०७७ फागुन २० गते २०:४२

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ । गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको बताए ।

त्यस्तै मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।

अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले बताए ।

प्रतिक्रिया