बिहीबार, चैत १५, २०८०

सुनचाँदीको मूल्यमा भारी गिरावट

नेपालखोज २०७७ फागुन २१ गते ११:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार ८६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ । बिहीबार एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया