बिहीबार, वैशाख १३, २०८१

प्रिमियर लिगमा लिभरपुल चेल्सीसँग पराजित

नेपालखोज २०७७ फागुन २१ गते ११:५०

काठमाडौं । साविक विजेता टोली लिभरपुल प्रिमियर लिग फुटबलमा चेल्सीसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मसोन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

यता, घरेलु मैदानमा लिभरपुलले पकड जमाउन भने सकेन । लिभरपुलले पछिल्ला पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ ।

जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिगमा २७ खेल खेलेको चेल्सीले ४७ अंक जोडेको छ । पराजित लिभरपुल ४३ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया