शुक्रबार, वैशाख ७, २०८१

नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक

नेपालखोज २०७७ फागुन २१ गते ११:५४

काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’को सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ । अनिल के सीको प्रस्तुती रहेको ‘फूल राम्रो’ गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको Aafno Maan च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केहि समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया