शुक्रबार, वैशाख १४, २०८१

तिब्र उतारचढावका बिच नेप्से २५ सय ६ अंंकमा, ३२ अर्बको सेयर किनबेच

नेपालखोज २०७७ फागुन २१ गते १३:२६

काठमाडौं । यो साता पनि सेयर बजार तिब्र उतारचढाव देखिएको छ । साताको सुरुवाती कारोवार दिन देखि घट्न थालेको नेप्सेले साताको अन्तिम कारोवार दिनसम्म निरन्तरता पाएको थियो । यद्धापी यसबिचमा दुुई कार्य दिन अर्थात दोस्रो र पाँचौं दिन भने नेप्से उच्च अंकले बढेको थियो । सोही आधारमा नेप्से यो साता २५ सय छ दशमलव ६८ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५१ दशमलव ४६ अंकमा पुुगेको छ ।

यो साता कुुल दुुई सय १२ वटा कम्पनीहरुको तीन लाख ६० हजार एक सय २५ पटकको कारोवारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच कुल हुुंदा कारोवार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम गत साताको तुुलनामा झण्डै छ अर्ब रुपैयाँले कम हो । गत साता भने दुुई सय सात वटा कम्पनीहरुको चार लाख १८ हजार छ सय ५५ पटकको कारोवारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कुल कारोवार रकम ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रुपैयाँ पुुगेको थियो ।

नेप्से यो साता पनि पाँच कार्य दिन नै खुल्ला रहेको थियो । ति मध्ये दोस्रो र पाँचौं दिन नेप्से बढेपनि बाँकी तीन कार्य दिन नेप्से उच्च अंकले घटेको थियो । सोही आधारमा पहिलो दिन ७९ दशमलव ७४ अंकले घटेर २४ सय ७४ दशमलव ३९ अंकमा झरेको नेप्से साताको अन्तिम कारोवार दिनसम्म आईपुुग्दा ९० दशमलव ६७ अंकले बढेर २५ सय छ दशमलव ६८ अंकमा सिमित हुुन पुुगेको छ । यसैगरी पहिलो दिन १४ दशमलव ५३ अंकले घटेर चार सय ४७ दशमलव २९ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोवार दिन १४ दशमलव ६७ अंकले बढेर चार सय ५१ दशमलव ४६ अंकमा सिमित हुुन पुुगेको थियो ।

यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम, प्रभुु बैंक नेपाल बैंक आदिको बढी रकम कारोवार भएको छ भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, प्रभुु बैक आदि अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन । सुचीकरणतर्फ भने यो साता प्रभु बैंक, नेपाल एसबिआई बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, मञ्जुुश्री फाईनान्स आदिको बोनस सेयर नियमित कारोवारका लागि सुचीकृत भएकाछन् ।

प्रतिक्रिया