शुक्रबार, चैत १६, २०८०

नेकपाको दाहाल-नेपाल समूह निर्वाचन आयोगमा

नेपालखोज २०७७ फागुन २१ गते १५:२०

काठमाडौं । नेकपा दाहाल–नेपाल समूह शुक्रबार निर्वाचन आयोग गएको छ । बुधबारको बसेको समूहको केन्द्रीय कमिटी बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सोही अनुसार बिहीबार पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग छलफल गरेर लिलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डे आयोग पुगेका हुन् ।

यो समूहले निर्वाचन आयोगमा माघ २० गते दिएको दफा ४४ बमोजिम पार्टीको आधिकारिकता मागको निवेदन अनुसार निर्णय नगरेको भन्दै त्यसको कारण र छिटो निर्णयको आग्रहका लागि आयोग पुगेको नेता बिडारीले बताए ।

प्रतिक्रिया