बिहीबार, वैशाख ६, २०८१

सहमति पालना गर्न प्रतिबद्ध छौ : ‘विप्लव’

नेपालखोज २०७७ फागुन २१ गते १६:०१

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभागृहमा जारी हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले सहमतिलाई आफूहरुले पालना गर्ने प्रतिबद्धता जनाउँदै कसैको भड्काउमा नलाग्ने बताए ।

उनले भने, ‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ । सहमतिलाई हामी पालना गर्छौं ।’ सम्बोधनका क्रममा उनी शहीदलाई सम्झिएर भावुक पनि बने । शहीदको सपनालाई मर्न नदिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया