बिहीबार, वैशाख १३, २०८१

नेकपाको विवाद तत्काल निरुपण गर्न दाहाल-नेपाल समूहको आयोगलाई पत्र

नेपालखोज २०७७ फागुन २१ गते १६:४७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ । आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताए । पाण्डेसँगै नेताहरु लीलामणि पोखरेल, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।

आयोगले गएको माघ ११ गते नेकपा एउटै भनेर निर्णय गरेपछि उक्त समूहले फागुन २० गते आधिकारिकता दाबी गर्दै पत्र बुझाएको थियो ।

प्रतिक्रिया