शुक्रबार, चैत १६, २०८०

शनिवार जन्मेका व्यक्तिहरुको स्वभाव र भाग्य

नेपालखोज २०७७ फागुन २२ गते ६:२०


ज्योतिषशास्त्र अनुसार शनिबार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ । हुन त बारले मात्र व्यक्तिको भाग्यको निर्धारण गर्न सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । तैपनि यो बार जन्मने व्यक्तिको सामान्य भविष्य भने बताउन सकिन्छ । हरेक व्यक्तिले विभिन्न समस्याहरुबाट छुटकरा पाउन शनिलाई न्यायप्रेमी देवताको रुपमा मान्दछन् । शनिदेवको रुपमा पिपलको रुख तथा अन्य ठाँउमा पुजा गर्ने चलन पनि छँदै छ ।

शनिवार जन्मेका व्यक्तिहरु धेरै भाग्यमानी हुने गर्छन् । यस्ता व्यक्तिहरुमा बिभिन्न विशेषताहरु हुने गर्छन् । जस्तै शनिवार जन्मेका मानिसहरु अन्याय नसहने हुन्छन् । त्यस्तै यिनीहरु सत्यको कहिल्यै पनि साथ छाड्दैनन् । यिनीहरु निकै बुद्धिमानी एवं गम्भिर र जिम्मेवार स्वभावका हुन्छन् । त्यस्तै यिनीहरुमा कपडाहरु सामान्य प्रकारको भएपनि ब्रान्डेड खालका लगाउने स्वभाव हुन्छ । यिनीहरुलाई ग्याजेटको ठूलो सौख हुन्छ । यिनलाई हेपाहा प्रवृत्ति मन पर्दैन । हरेक मान्छेको सम्मान गर्ने यिनको अर्को विशेषता हो ।

यिनीहरु थोरै रिसालु र कडा मिजासका हुन्छन् । यिनीहरुको बाल्यकाल एकदमै कष्टपूर्ण बितेको हुन्छ । यिनले आफैं आफ्नो जीवन खुशी र सुखमय बनाउँछन् । यिनीहरुलाई खास गरी २० ,२५ र ४५ वर्षको उमेरमा केही अप्ठ्यारो समस्याहरु भोग्नुपर्ने हुनसक्छ । यिनले माया गरेका व्यक्तिको लागि सर्वस्व दिन तयार हुन्छन् । कडा बोल्ने र अन्याय नसहने कारण यिनले जीवनमा अनेक कठिनाई भोग्दछन् । यिनले निडर भई आफ्नो अभिमत परिवार र समाजमा प्रस्तुत गर्ने गर्दछन् ।

यिनीहरु थोरै रिसाहा र जिद्दी भए पनि यिनको हृदय सफा नै हुन्छ । यी कसैलाई आफ्नो तर्फबाट दुःख दिन चाहँदैनन् तर कसैबाट धोका पाएको खण्डमा यिनीहरु दुश्मनलाई व्यवहार गरे जस्तै व्यवहार गर्दछन् । धोकेबाझलाई यिनीहरु सास रहेसम्म असफल बनाउन लागि पर्दछन् । त्यसै कारण यिनीहरु कहिले काँहि आफ्नो सारा जीवन दुश्मनीमा बिताइदिन पनि सक्छन् । यिनलाई कोहि व्यक्ति मन परेन भने जीवनभर मन पर्दैन । कोहि मन पर्यो भने जीवनभर साथ दिन्छन् । यिनीहरु सौखिन जीवन रुचाउँछन् । यिनीहरु प्रायः, हाइ क्लास वस्तुको उपयोग मन पराउँछन् । यिनले प्रयोग गर्ने सामग्री परिवारको अन्य सदस्यको तुलनामा निकै महंगा हुन्छन् । यिनीहरु परिश्रमी हुन्छन् । आफ्नो जिम्मेदारीलाई यिनले कहिले पनि हेलचक्राईं गरी छोड्दैनन् । यिनीहरु ढिलो सफल हुन्छन् तर जब सफल हुन्छन् जो कोहिले पनि यिनको प्रयासको सराहना गर्दछन् । यिनीहरु पनि मंगलबार जन्मने मानिस जस्तै हार्ड वर्क गर्न रुचाउने हुन्छन् । यिनीहरुको प्राय गरी भाग्योदय विवाह पछि हुन्छ । यिनीहरु चाप्लुसी गर्न जान्दैनन् र चाप्लुसी गरेको मन पराउँदैनन् । कहिलेकाँहि यिनीहरु आफ्नो प्रशंसा आफैं गर्न थाल्छन् र समस्यामा पनि पर्दछन् ।

प्रतिक्रिया