बिहीबार, चैत १५, २०८०

आगामी चैत्रदेखि त्रिदेशीय फुटबल प्रतियोगिता गर्ने एन्फाको तयारी

नेपालखोज २०७७ फागुन २२ गते ६:५४

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले शुक्रबार चैतमा त्रिदेशीय अन्तराष्ट्रिय फुटबल आयोजना गर्ने जनाएको छ ।

प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । किर्गिस्तानको टिम भने यू–२३ टिम हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको थियो । नेपालमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेर विश्वकप छनोटका लागि दबाब दिने रणनीतिमा एन्फा लागेको हो ।

प्रतिक्रिया