कोरोना फेरि फैलिएपछि कुवेतमा एक महिने कर्फ्यू घोषणा
नेपालखोज
२०७७ फागुन २२ गते ७:५२

एजेन्सी । कुवेतमा कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि एक महिने कर्फ्यूको घोषणा गरिएको छ ।
बिहीबार बसेको कुवेतको मन्त्रिपरिषद्ले आइतबार साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू लगाउने निर्णय गरेको अरब टाइम्सले जनाएको छ ।
रमजानको धन्य महिनाको सुरु हुनुभन्दा अघि कर्फ्यू हटाइने जनाएको छ । मन्त्रिपरिषद्ले आइतबारदेखि लागू हुने गरी सैलून, नाईक पसल, स्वास्थ्य क्लब र अन्य व्यावसायिक गतिविधिहरू साँझ ५ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द गरेर कर्फ्यूको निर्णय पालना गर्न समेत बैठकले अनुरोध गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया