बिहीबार, वैशाख १३, २०८१

मेयर कप क्रिकेट आजदेखि सुरु, उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्दै

नेपालखोज २०७७ फागुन २२ गते ७:५६

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा आर्मी र एपीएफ तथा मूलपानी मैदानमा हुने खेलमा नेपाल पुलिस र वाग्मती प्रदेश खेल्दैछन् ।

पाँच टिमको सहभागिता रहेको मेयर कप २९ गतेसम्म चल्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । प्रतियोगितामा मेयर ११ टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।

पाकिस्तान प्रिमियर लिग स्थगित भएपछि लामिछाने स्वदेश फर्किने भएका छन् । क्यानले प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर काठमाण्डौ मेयर–११ को टिम घोषणा गरिसकेको छ ।

काठमाण्डौ महानगरले क्यानसँग मिलेर आयोजना गरेको प्रतियोगितामा आयोजक टिमसहित प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ । प्रतियोगिता कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया