महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति गठन

काठमाडौं । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सरसफाइ सुरु भएको छ । आज बिहान वाग्मती सफाइ महाअभियानले पशुपति क्षेत्रमा सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
कोषले महाशिवरात्रिमा पशुपतिमा आउने भक्तजनलाई दर्शन गराउने गरी तयारी सुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनलाई आग्रह गरेको छ ।
त्यस्तै, यो वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ । यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ ।
महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीवार परेको छ । पर्वका अवसरमा गएको वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले २५ गतेदेखि सुरु गर्दैछ ।
प्रतिक्रिया