राष्ट्रपतिबाट मुस्कान खातुनलाई बधाई
नेपालखोज
२०७७ फागुन २२ गते १३:३४
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी हुन् ।
१५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल वुमेन अफ करेज’ अवार्ड जितेकी हुन् ।
यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् भने अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।
सम्बन्धित
प्रतिक्रिया