बुधबार, जेठ ९, २०८१

दुर्घटनामा परि घाइते भएका चालकलाई प्रदेश २ प्रमुख झाद्वारा उद्धार

नेपालखोज २०७७ फागुन २२ गते १५:४०

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्याएका छन् ।

छिन्चु सडकखण्डमा शनिबार अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

No description available.

कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख डा.अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराएका छन् ।

प्रदेश प्रमुख डा.अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पु¥याएको प्रहरी जवान रेग्मीले बताए । उनका अनुसार घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ ।

No description available.

प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन् । सोहीअन्तर्गत कलर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात् फर्किँदै थिए ।

प्रतिक्रिया