प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आज (आइतबार)देखि सुुरु हुुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे संसद् बैठक बस्ने छ ।
मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेका थिए । सर्वोच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठह¥याउँदै प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो ।
सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोहीअनुसार पुनर्स्थापित संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
प्रतिक्रिया