शुक्रबार, वैशाख १४, २०८१

सर्वोच्चले नेकपा नामको विवादबारे आज फैसला सुनाउने

नेपालखोज २०७७ फागुन २३ गते १०:१९

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नाम विवादबारे अदालतमा विचाराधीन रहेको मुद्दाको आज फैसला सुनाउँदै छ । यसअघि फागुन २० गते नै फैसला सुनाउने दिन तोकिएको भए पनि त्यसदिन अदालत बिदा भएका कारणले सरेको थियो ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले दुवैतर्फको बहस सकेर मुद्दा निसुमा राखेका थिए । ऋषि कट्टेलले आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरूलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया