बिहीबार, वैशाख ६, २०८१

संसद् सचिवालय पुगेर प्रचण्ड–नेपालले भेटे सभामुख

नेपालखोज २०७७ फागुन २३ गते ११:५७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

संसद् सचिवालयका अनुसार आइतबार बिहान प्रचण्ड र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको हुन् ।

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि उनीहरुले सभामुखलाई भेटेका हुन् । तर, सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आइतबार अपराह्नन ४ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालत फागुन ११ गते बदर गरिदिएपछि संसद् बैठको हिउँदे अधिवेशन आज बस्न लागेको हो ।

प्रतिक्रिया