शनिबार, वैशाख ८, २०८१

नेकपा एउटै छ : संसद् सचिवालय

नेपालखोज २०७७ फागुन २३ गते १३:०४

काठमाडौं । संसद् सचिवालयले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एउटै रहेको बताएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपाका दुवै प्रमुख सचेतकलाई सेवा सुविधा दिएको भए पनि यो संक्रमणकालीन समय भएकोले त्यही अनुसार बुझिदिन सञ्चारकर्मीलाई आग्रह गरे ।

‘दुवै प्रमुख सचेतकलाई सेवा सुविधा दिइएको छ । संक्रमणकालमा लिने र दिने प्रक्रिया चलिरहन्छ,’ उनले सञ्चारकर्मीसँग भने–‘सत्तापक्षका सांसदहरु आफ्नो अनुकूलतामा बस्न सक्नुहुनेछ । हामीले छुट्टै व्यवस्था गरेका छैनौँ । सचिवालयले नेकपा विवादमा मान्यता दिन सक्दैन । निर्वाचन आयोगले अहिलेसम्म जानकारी गराएको छैन । हामीले नेकपा एउटै छ भन्ने बुझ्ने हो ।’

प्रतिक्रिया