शुक्रबार, वैशाख १४, २०८१

होलसेल तरकारी तथा फलफूल बजारको उद्घाटन

नेपालखोज २०७७ फागुन २३ गते १३:१९


काठमाडौं । आधुनिक कृषि बजारका अध्यक्ष रबिन्द्र ज्वारचनको अध्यक्षतामा, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको ग्रान्ड ओपनिङ्ग भव्य रुपमा भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन शनिवार माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाबाट रिबन कटिंग समारोह गरिएको हो । कृषि बजारमा रहेको २५० स्टल मार्फत अर्गानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । अब सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने छन् ।


मुख्यतया बजारको उदेश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरु उपलब्ध गराउनु हो । यसरी सम्पूर्ण उपभोक्ताहरुको सहजताका लागि संचालनमा ल्याइएको, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडीपट्टि अवस्थित छ ।

प्रतिक्रिया