शुक्रबार, वैशाख १४, २०८१

प्रचण्ड-नेपाल समूहले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई बुझायो पत्र

नेपालखोज २०७७ फागुन २३ गते १४:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ ।

प्रचण्ड-नेपाल समूहका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् । प्रचण्ड-नेपाल समूहले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा दाहाललाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए । पत्र दर्ता गर्नेरनगर्ने भन्‍ने विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया