शनिबार, असार २१, २०८२

सर्वोच्चको फैसलाले खुसी दियो : सूर्य थापा

नेपालखोज २०७७ फागुन २३ गते १७:१५

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।

‘सर्वोच्चको फैसला–सबै खुशी देखिन्छन् त !,’ उनले लेखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

प्रतिक्रिया