शुक्रबार, चैत १६, २०८०

मिर्मिरे लघुवित्तले एफपीओ वितरण गर्दै

नेपालखोज २०७७ फागुन २४ गते १०:२७


काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चैत १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । पञ्चकन्या बैंक्वेट वनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरुहुने कम्पनीको १०औं वार्षिक साधारण सभाले ९.६८५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा वित्तीय संस्थाका तत्कालीन संस्थापक सेयरधनीलाई राखेर कल्स इन एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने एजेन्डा पनि राखेको छ ।

त्यस्तै, स्वेडा लघुवित्तलाई प्राप्तीपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिने भएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने छ । चैत्र ५ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया