शुक्रबार, वैशाख ७, २०८१

सवारी दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

नेपालखोज २०७७ फागुन २४ गते १०:३९

दाङ । जिल्लाको देउखुरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल आइतबार राति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र २३ वर्षीय तिलक थापा रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया