आइतबार, असार २२, २०८२

तीन बजेलाई सर्‍यो प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

नेपालखोज २०७७ फागुन २४ गते ११:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ ।

सोमबार बिहान ११ बजेको लागि बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको नेकपा प्रचण्ड–नेपाल समूहक प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको हो ।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न पार्टी कार्यालय परिसडाँडामा सो समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

अदालतको फैसलालगत्तै आइतबार शीर्ष नेताले कानुन व्यवसायीसँग पनि यो समूहले छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया