शनिबार, वैशाख ८, २०८१

सुनको मूल्यमा सामान्य वृद्धि

नेपालखोज २०७७ फागुन २४ गते १३:१०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ ।

आइतबार तोलामा ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ सयले वृद्धि भएर ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आज चाँदी मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ । आइतबार तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया